शारदा देवी
श्री शारदा देवी | |
|---|---|
शारदा देवी, अन्दाजी सन् १८९० | |
| व्यक्तिगत जीवन | |
| जन्म | क्षेमङ्करी / ठाकुरमणि / शारदामणि मुखोपाध्याय २२ डिसेम्बर १८५३ |
| मृत्यु | २० जुलाई १९२० (उमेर ६६) |
| मृत्युको कारण | कालाजार |
| जीवसाथी | रामकृष्ण परमहंस |
| सम्मान | श्री श्री माँ |
| धार्मिक जीवन | |
| धर्म | हिन्दु धर्म |
| वरिष्ठ पदमा पदस्थापन | |
| Teacher | रामकृष्ण परमहंस (आध्यात्मिक पति) |
"म दुष्टहरूकी माता हुँ, जसरी म सद्गुणीहरूकी माता हुँ। कहिल्यै डराउनुहोस्। जतसबेला तपाई सङ्कटमा हुनुहुन्छ, आफैलाई भन्नुहोस् 'मेरी आमा छिन्।'"[१]
श्री शारदा देवी (बङ्गाली: সারদা দেবী; ⓘ; २२ डिसेम्बर १८५३ – २० जुलाई १९२०), जन्म क्षेमङ्करी / ठाकुरमणि / सारदामणि मुखोपाध्याय, उन्नाइसौँ शताब्दीका हिन्दु रहस्यवादी धार्मिक नेता रामकृष्ण परमहंसकी पत्नी तथा आध्यात्मिक सहकर्मी थिइन्। शारदा देवीलाई श्री रामकृष्ण मठिक आदेशका अनुयायीहरूले आदरपूर्वक पवित्र माता (श्री श्री माँ) भनेर सम्बोधन गर्छन्। दक्षिणेश्वरमा अवस्थित श्री सारदा मठ र रामकृष्ण सारदा मिसन शारदा देवीका आदर्श र जीवनमा आधारित छ। उनले रामकृष्ण आन्दोलनको विकासमा महत्त्वपूर्ण भूमिका निभाएकी थिइन्।
शारदा देवीको जन्म जयरामबाटीमा भएको थियो, जुन गाँउ पछि भारतको पश्चिम बङ्गाल राज्यको बाँकुडा जिल्लाको अंश बनेको थियो। उनको विवाह सन् १८५९ मा रामकृष्णसँग मात्र पाँच वर्षको उमेरमा भएको थियो भने त्यतिबेला रामकृष्ण २३ वर्षका थिए।
तर उनी १८ वर्षकी नभएसम्म आफ्नो परिवारसँगै बसेकी र पछि दक्षिणेश्वर काली मन्दिरमा रामकृष्णसँग बसेकी थिइन्। उनका जीवनीकारहरूका अनुसार, गृहस्थ र मठवासी जीवनशैलीका आदर्शहरू देखाउँदै दुवैले "अविच्छिन्न ब्रह्मचर्य"को जीवन बिताएका थिए रामकृष्णको मृत्यु पछि, शारदा देवी अधिकांश समय या त जयरामबाटीमा वा उद्बोधन कार्यकक्ष, कलकत्तामा बसेकी थिइन्। रामकृष्णका शिष्यहरूले उनलाई आफ्नै आमाको रूपमा सम्बोधन गर्ने गरेका र आफ्ना गुरुको मृत्यु पछि सल्लाह र प्रोत्साहनको लागि उनलाई हेर्ने गरेका थिए। रामकृष्ण आन्दोलनका अनुयायीहरू र विश्वभरका भक्तहरूको एक ठूलो वर्गले शारदा देवीलाई आदि पराशक्ति वा दिव्य माताको अवतारको रूपमा पूजा गर्ने गर्छन्।
प्रभाव र विरासत
[सम्पादन]
शारदा देवीले सामाजिक कार्यमा समर्पित मठवासी आदेश—रामकृष्ण मिसन—मा रूपान्तरित हुँदै गरेको नवजात सङ्गठनको सल्लाहकार प्रमुखको रूपमा महत्त्वपूर्ण भूमिका निभाएकी थिइन्। यसबारेमा गायत्री स्पिभाकले लेख यसप्रकार छ, "शारदा देवीले आफ्नो भूमिका चतुराई र बुद्धिमतापूर्वक निभाइन्, सधैँ पृष्ठभूमिमा रहिन्।" उनले रामकृष्ण आदेशमा धेरै प्रमुख सन्यासीहरूलाई दीक्षा दिइन्। स्वतन्त्रता सेनानी र महात्मा गान्धीका अनुयायी स्वामी निखिलानन्दले[२]शारदा देवीलाई आफ्नो गुरुको रूपमा स्वीकार गरी रामकृष्ण आदेशमा सामेल भएका थिए। उनले अन्ततः न्युयोर्कमा रामकृष्ण-विवेकानन्द केन्द्रको स्थापना गरेका थिए।[३]
आफू अशिक्षित भएतापनि, शारदा देवीले महिलाहरूको शिक्षाको वकालत गरेकि थिइन्। निवेदिताले उनको आशीर्वादले भारतीय महिलाहरूको लागि एउटा विद्यालयको स्थापना गरेकी थिइन्। उनले देवमातालाई आफ्नो सपना—गङ्गाको किनारमा कन्या विद्यालय, जहाँ पूर्वीय र पश्चिमी विद्यार्थीहरूलेसँगै अध्ययन गर्न सकून्—कार्यान्वयन गर्ने जिम्मेवारी सुम्पिएकी थिइन्।[४] सन् १९५४ मा, शारदा देवीको सम्मानमा महिलाहरूको लागि मठवासी आदेश श्री शारदा मठ र रामकृष्ण सारदा मिसनको स्थापना गरिएको थियो।[५]
स्वामी विवेकानन्दले सिकागोमा आयोजित धर्म संसदमा सहभागी हुने आफ्नो मनसायको बारेमा उनको राय लिन उनलाई एउटा पत्र लेखेका थिए। उनीबाट आशीर्वाद प्राप्त गरेपछि मात्र उनले संयुक्त राज्य अमेरिका जाने निर्णय गरेका थिए।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ Mookerjee, Nanda (१९७८), Sri Sarada Devi, consort of Thakur Sri Ramakrishna, Firma KLM, पृ: १५।
- ↑ Campbell, Joseph; Robin Larsen; Stephen Larsen; Antony Van Couvering (२००२), Baksheesh and Brahman, New World Library, पृ: 326, आइएसबिएन 0-06-016889-7।
- ↑ Hixon, p.xiii
- ↑
- ↑ Laderman, Gary; Luis D. León; Amanda Porterfield (२००३), Religion and American Cultures, ABC-CLIO, पृ: 121, आइएसबिएन 1-57607-238-X।
- ↑ The Divine Call and the Chicago Parliament of Religions, Swami Vivekananda: "Before proceeding to America, I wrote to Mother (Sri Sarada Devi) to bless me. Her blessings came and at one bound, I cleared the ocean."