चार्ली मङ्गर
चार्ल्स मंगर | |
|---|---|
बर्कशायर हथवेको शेयरधनी बैठकमा मङ्गर | |
| जन्म | चार्ल्स थमस मङ्गर जनवरी १, १९२४ |
| मृत्यु | २८ नोभेम्बर २०२३ (उमेर ९९) Santa Barbara, California, अमेरिका |
| मातृ शिक्षाप्रतिष्ठान | हावार्ड विश्वविद्यालय |
| पेशा | बर्कशायर हथवेको उपाध्यक्ष |
| चिनारीको कारण | वारेन बफेटको साथ वर्कसायर हाथवेको नेतृत्व |
| तलव | US$ १ लाख |
| जम्मा सम्पति | US$ १.९ अरब (१५ डिसेम्बर २०२०)[१] |
| सैन्य कार्यजीवन | |
| निष्ठा | |
| सेवा/ | • United States Army Corps |
| सक्रिय सेवा अवधि | १९४३-१९४६ |
| सैन्य क्रम | |
| युद्ध | दोश्रो विश्वयुद्ध |
| हस्ताक्षर | |
चार्ल्स थमस मङ्गर (जन्म: जनवरी १, १९२४ – नोभेम्बर २८, २०२३) एक अमेरिकी लगानीकर्ता, व्यापारी, परोपकारी र दार्शनिक थिए। उनी बर्कशायर हथवेको उपाध्यक्ष थिए। यो वारेन बफेटद्वारा नियन्त्रित सङ्गठन हो; बफेटले मङ्गरलाई आफ्नो साथीको रूपमा वर्णन गरेका छन्। मङ्गर वेस्को वित्तीय निगमको अध्यक्षको रूपमा १९८४ देखि २०११ सम्म काम गरे।
चाल्र्स थोमस मङ्गरलाई वारेन बफेटका दायाँ हातको रूपमा पनि चिनिन्छ । वारेन बफेटको बर्कसायर हाथवेका उपाध्यक्ष रहेका मङ्गरलाई बफेटले आफ्नो पार्टनर बताउँछन् । चार्ली मङ्गरको जन्म १९२४ जनवरी १ मा ओहामा नेब्रास्कामा भएको थियो । युवा अवस्थामा उनले वारेन बफेटका हजुरबुवाको खाद्यान्य पसलमा काम गरेका थिए ।[२] उनका पिता, अल्फ्रेड मङ्गर, वकिल थिए।[३] उनका हजुरबुबाको नाम थोमस चार्ल्स मङ्गर थियो।[४]
उनी युनिभर्सिटी अफ मिसिगनमा भर्ना भए जहाँ उनले गणित अध्ययन गरे।
लगानी दर्शन र विचारहरू
[सम्पादन]चार्ली मुङ्गरका विचार र लगानी शैलीका मुख्य कुराहरू:
- सांसारिक ज्ञान र मानसिक मोडेलहरू: मुङ्गरले व्यापारिक समस्याहरू समाधान गर्न विभिन्न क्षेत्रका ज्ञानलाई एक ठाउँमा जोडेर सोच्ने तरिका अपनाए। यसलाई उनले "सांसारिक ज्ञान" भनेका छन्।
- इमानदारी र नैतिकता: उनी राम्रो व्यवसाय भनेको नैतिक व्यवसाय हो भन्ने विश्वास राख्थे। झुक्याएर वा झूट बोलेर चलाउने व्यवसाय टिक्दैन भन्ने उनको मान्यता थियो।[५]
- सादा जीवन: मुङ्गरले देखावटी र महँगो जीवनशैली मन पराएनन्। उनले ७० वर्षसम्म एउटै साधारण घरमा जीवन बिताए र धेरै धनसम्पत्ति वा देखावटीपनले मानिसलाई खुसी नबनाउने बताए।[६]
लोल्लापाल्जा प्रभाव
[सम्पादन]जब धेरै कुराहरू वा पूर्वाग्रहहरू एकै दिशामा सँगै काम गर्छन्, मानिसहरूले एकदमै गलत र अविवेकी निर्णय लिन्छन्। यसैलाई उनले 'लोल्लापाल्जा प्रभाव' भनेका छन्।
क्रिप्टोकरेन्सी र रोबिनहुडप्रति आलोचना
[सम्पादन]मुङ्गरले बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीलाई "विष" र "मूर्खता" भन्दै कडा आलोचना गरे।[७] उनले क्रिप्टोकरेन्सीको प्रयोगमाथि प्रतिबन्ध लगाइनुपर्ने र यसलाई "घोर निन्दनीय"[८] कुरा बताउँदै भने कि बिटकोइन "मूर्खतापूर्ण", "अनैतिक" र "घृणित" बताए; यो यस्तो कुरा हो जसमा "अरू कसैले घिनलाग्दो कारोबार गरिरहेको हुन्छ र तपाईंलाई लाग्छ—'म यसबाट पछि पर्नु हुँदैन'"[९]; साथै उनले यसको तुलना यौन रोग[१०]सँग समेत गरे।[११] उनले रोबिनहुड जस्ता कमिसन नलिने ट्रेडिङ प्लेटफर्महरूलाई जुवा खेल्नेसँग तुलना गरे।
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Forbes profile: Charles Munger", Forbes (अङ्ग्रेजीमा), अन्तिम पहुँच १५ डिसेम्बर २०२०।
- ↑ "Charlie Munger: Background & bio", Value Walk, अन्तिम पहुँच मार्च ८, २०१६।[स्थायी मृत कडी]
- ↑ Library, C. N. N., "Charlie Munger Fast Facts", CNN, अन्तिम पहुँच २०१९-०२-०१।
- ↑ "United States District Court, Judicial Archive, Thomas Charles Munger"।
- ↑ Charlie Munger's got a billion words of wisdom, May 17, 2009, Los Angeles Times. Retrieved January 3, 2010
- ↑ Ece Yildirim (डिसेम्बर १, २०२३), "Charlie Munger lived in the same home for 70 years: Rich people who build 'really fancy houses' become 'less happy'", CNBC, मूलबाट डिसेम्बर २, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २, २०२३।
- ↑ "Bitcoin breaks £7,000... after Buffet investment chief calls it 'poison'", Evening Standard (en-GBमा), मूलबाट फेब्रुअरी १६, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १६, २०१८।
- ↑ "Charlie Munger says cryptocurrencies should have been banned earlier", The Economic Times, मूलबाट अप्रिल २६, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २६, २०२२।
- ↑ "Charlie Munger on bitcoin: 'Disgusting,' 'stupid,' 'immoral,' 'turds'" (en-USमा), Yahoo! Sports, मे ७, २०१८, मूलबाट अप्रिल २६, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २६, २०२२।
- ↑ "Buffett business partner Munger slams US-China tensions, crypto", South China Morning Post (अङ्ग्रेजीमा), फेब्रुअरी १७, २०२२, मूलबाट अप्रिल २६, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २६, २०२२।
- ↑ "Bitcoin bulls go on the offensive against Berkshire Hathaway", Fortune (अङ्ग्रेजीमा), मूलबाट अप्रिल २६, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २६, २०२२।